पातञ्जलको दोस्रो महाधिवेशन एवं तेस्रो साधारणसभा असोज २ र ३ मा हुँदै
भक्तपुर । पातञ्जल योग समिति नेपालले ०७८ आश्विन २ र ३ गते दोस्रो महाधिवेशन एवं तेस्रो साधारण सभा सम्पन्न गर्ने भएको छ ।
संगठनलाई पूर्नताजगी दिन हरेक २ वर्षमा विधानत गरिने महाधिवेशनको लागि राष्ट्रिय अध्यक्ष सुदर्शन सुवेदीको नेतृत्वमा १२१ सदस्यीय महाधिवेशन मूलतयारी समिति समेत गठन गरिसकेको छ ।
साथै पातञ्जल योग समिति नेपालको केन्द्रिय कार्यसमिति वैठकबाट महाधिवेशन पुर्व देशभरका सम्पुर्ण प्रदेश, जिल्ला, नगर समितिलाई पूर्नगठन गर्न आह्वान गरिसकेको हुँदा सो बमोजिम गर्न गराउन सम्बद्ध समितिलाई अपिल समेत गरिएको अध्यक्ष सुदर्शन सुवेदी बताउँछन् ।
पातञ्जल योग समिति नेपालका संरक्षक बालमुकुन्द सुवालले महाधिवेशन पश्चात संगठनको कामकार्वाहीमा तिब्रता हुुने विश्वास व्यक्त गरेका छन् ।
देशभरबाट सहभागी हुने महाधिवेशन प्रतिनिधिहरुका विच आश्विन २ गते भक्तपुर जिल्लामा संस्थाको भावी रणनीतिक कार्ययोजनाको लागि लागि विशेष कार्यशाला गोष्ठि एवं ३ गते काठमाडौ जिल्लामा साधारण सभा एवं महाधिवेशन गरिने योजना रहेको संस्थाका महासचिव नबराज काफ्लेले जानाकारी गराए ।
पातञ्जल योग समिति नेपाल,काठमाडौका अध्यक्ष रिसि लोहनीले केन्द्रीय महाधिवेशन काठमाडौ जिल्लामा हुन लागेकोमा खुशी व्यक्त गर्दै काठमाडौ जिल्ला शाखाको तर्फबाट निर्धारित कार्यको लागि पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
महाधिवेशनको आर्थिक व्यवस्थापनका लागि पातञ्जल योग समिति नेपाल वागमती प्रदेश ईन्चार्ज रामनाथ अधिकारीको संयोजनमा २१ सदस्यीय आर्थिक व्यवस्थापन समिति समेत गठन गरेको संस्थाका केन्द्रिय सदस्य गीता प्रसाद नेपालले अवगत गराए ।
भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिकाको वडा नं।२ बाट थालनी भएको पातञ्जल योग समिति नेपालको अभियानलाई विश्वास गरि जोडिने सम्पुर्णमा धन्यवाद प्रकट गर्दै पातञ्जल योग समिति नेपालका उपाध्यक्ष राजभक्त श्रेष्ठले आगामी महाधिवेशन कोभिड विरुद्धको सुरक्षा मापदण्डलाई पालना गरि सम्पन्न गरिने बताएका छन् ।
प्रतिक्रिया