कुलमान मुद्दामा प्रधानन्याधीश राणाले राखे आफ्नै पूर्ण इजलासमा सुनुवाई

Cholendra

काठमाडौं । सर्वोच्च अदालतमा परेको नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको नियुक्तिविरूद्धको रिटको सुनुवाई सर्वोच्च अदालतका प्रधान्यायाधीश चोलेन्द्र शमशेर जबराको बेन्चमा आज सुनुवाई हुने भएको छ । राणााले उक्त रिटलाइ पूर्ण इजलासमा राखेका छन् ।

निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले घिसिङको नियुक्ती बदरको माग गर्दै दायर गरेको रिटको यसअघि नै न्यायाधीश कुमार रेग्मीको इजलासमा पेसी तोकिएकोमा हेर्न नभ्याइनेमा राखिएको थियो ।

प्राधिकरणको कार्यकारी निर्देशक रहेकै बेला ऊर्जा आयोगको विशेष सदस्य बनाइएका शाक्यले आफूले सो पद स्वीकार नगरेको भन्दै कुलमान घिसिङको नियुक्ति बदरको माग गर्दै रिट दायर गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित