चाँगुनारायण नगरपालिकाका कर्मचारी दाहालको निधन, मंगलबार बिदा दिने नगरपालिकाको निर्णय

Changu_1

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकाले कर्मचारीको निधनप्रति आउँदो मंगलबार शोक बिदा दिने निर्णय गरेको छ ।

पालिकामा कार्यरत कर्मचारीको मृत्यु भएको भन्दै नगर कार्यपालिकाको बैठकले १५ भदौमा शोक बिदा दिने भएको हो । पालिकाले सूचना प्रकाशित गरी उक्त विदा घोषणा गरेको हो ।

नगरपालिकामा विगत चार वर्षदेखि हलुका सवारी साधन चालककार्यरत कर्मचारी राजकुमार दाहालको निधन भएको थियोे ।

आइतबार बसेको पालिकाको बैठकले कर्मचारीको निधनमा मंगलबार शोक बिदा दिने निर्णय गरेको हो । सूचनाअनुसार आगामी मंगलबारका दिन नगर कार्यपालिकाको कार्यालयअन्तर्गतका सम्पूर्ण कार्यालयमा सार्वजनिक शोक बिदा दिइनेछ ।

पालिकाको कार्यपालिकाको सबै सेवा बन्द गरे पनि पूर्वनिर्धारित खोप कार्यक्रम यथावथ रुपमा सञ्चालन गरिने प्रकाशित सूचनामा उल्लेख छ । 

प्रतिक्रिया

सम्बन्धित