देशभर थप २२९५ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु

Nepal_Corona_MN

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा २२९५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १६ हजार २ सय ३३ जनाको कोरोना परिक्षण गरिएकोमा उक्त संख्यामा कोरोना पोजेटिभ देखिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १ हजार ८ सय ८ जना कोरोनामुक्त भएका छन् । यससँगै हालसम्म कोरोनमुक्त हुनेको संख्या ७ लाख १४ हजार ५ सय २० पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा १६ जना संक्रमितको निधन भएको छ । यससँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार ७ सय ३० जना पुगेका छन्

पछिल्लो तथ्यांक अनुसार अहिलेको अवस्थामा नेपामा ३५ हजार ८ सय ७४ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित