देशभर थप १६६४ मा कोरोना पुष्टी, २० जनाको मृत्यु

Corona_Test

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर १६६४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार १५२३ पीसीआर परीक्षणबाट र १४१ एन्टिजेन परीक्षणबाट जनाको कोरोना संक्रमण पुष्टि भएको हो ।

२४ घण्टामा ९ हजार ११७ नमुनाको पीसीआर परीक्षण र ३ हजार १०५ एन्टिजेन परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। जम्मा परीक्षण १२ हजार २२२ गरिएको छ ।

१७८६ जना कोरोनामुक्त भई डिस्भार्ज भएका छन् । २४ घण्टामा कोरोनाबाट २० जनाको मृत्यु भएको छ।

अहिले देशभर सक्रिय संक्रमितको संक्रमितको संख्या ३५ हजार ५९१ छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणबाट ७ लाख ६२ हजार ६४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एन्टिजेनबाट कोरोना पुष्टि हुनेको संख्या ८३ हजार ५०५ पुगेको छ ।

हालसम्म ७ लाख १६ हजार ३०६ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १० हजार ७५० पुगेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित