एनसेलमा नयाँ लफडा : अवैध रुपमा काम गर्नेलाई 'वर्क–पर्मिट',लेखा प्रमुख हादी हाल्मीमाथि छानविन

ncelaxकाठमाडौं। कर विबादमा फसेको मोवाइल सेवा प्रदायक कम्पनी एनसेलका कर्मचारीहरुले गैरकानुनी तरिकाले काम गर्दै अाइरहेको तथ्य भेटिएको छ । श्रम विभागसँग एनसेलमा काम गर्ने विदेशी कामदारको एकमुष्ट तथ्यांक भए पनि उनीहरूको स्पष्ट विवरण भने उपलब्ध छैन ।

 विभागले कुन मितिमा कति विदेशी कामदार आए, कति गैरकानुनी रूपमा बसेका छन् तथा कति समयमै फर्किए  भन्ने रेकर्ड भने राखेको छैन । एनसेलका विदेशी कामदार आएको मिति र उनीहरूको भिसाको अन्तिम मिति समेत उल्लेख नहुँदा गैरकानुनी रूपमा बसेर सेटिङ मिलाई काम गर्नेको सँख्या अधिक रहेको स्रोतको भनाइ छ ।

 स्रोतका अनुसार एनसेलका लेखा प्रमुख हादी हाल्मीले गैरकानूनी तरिकाले वर्किङ्ग भिसा निकालेको भन्दै एनसेलकै कर्मचारीले अध्यागनम विभागमा उजुरी हालेका छन् । हाल्मीले गत वर्ष नेपालबाट करिब १० लाख मिलियन अमेरीकी डलर गैरकानूनी तरिकाले मलेसिया पठाएको स्रोतले बताएको छ । 

 उद्योग विभागको वैदेशिक लगानी शाखाका अनुसार अनुसार एनसेलले ‘रि–ब्राण्डिङ’का क्रममा ‘टेक्नोलोजी ट्रान्सफर’ का लागि थप बिदेशी प्राविधिकहरु नेपाल भित्र्याएको छ । यस्ता प्राविधिकहरुका लागि उद्योग विभागले ‘विजनेस भीसा’ उपलब्ध गराउन  सहजकर्ताको रुपमा काम गर्दै आएको छ ।

 कुनै पनि कम्पनीले विदेशबाट कामदार ल्याउँदा सम्बन्धित देशको कार्यादेश लिनुपर्ने हुन्छ तर,एनसेलले कार्यादेश बिना नै पर्यटक भीसामा कामदार भित्र्याइरहेको बिभाग स्रोतको दाबी छ । एनसेलले नेपाल सरकारबाट कामदार झिकाउने कार्यादेश अनुमतिबापत नेपाल सरकारलाई थप राजश्व बुझाउनुपर्ने हुन्छ । अर्कोतिर एनसेलले  कर छली मात्र होइन एनसेलको पूर्वाधारको काम गर्ने कम्पनीको रकम रोक्दा कर्मचारीलाई समेत तलब खुवाउन नसक्ने भएको पछि कम्पनी नै बन्द गर्ने अबस्थामा पुगेका छन् ।

 एनसेलेको खातामा अर्बौ रकम हुँदा हुँदै पनि हाल्मीले कम्पनीमा पैसा नभएको भन्दै ती कम्पनीको रकम रोकेको स्रोतले बताएको छ । एनसेलसंग कन्ट्र्याकमा काम गर्दै आइरहेका केही कम्पनीहरुको करोडौ रकम अझै नतिर्दा ती कम्पनीहरु बैंकको कालो सूचीमा पर्न थालेका छन् । एनसेलका लागि काम गर्ने कम्पनीहरुले  सम्झौता अनुसार काम पूरा गरिसक्दा  पनि एनसेलबाट लिनुपर्ने करोडौं रकम भुक्तानी नपाएपछी आफूहरु बैंक डिफल्टर हुने सम्भावना बढेको ती व्यापारीले बताए ।

 उनले भने– ‘नेपाली कम्पनीले बर्षौदेखि काम गरेको रकम एनसेलले भुक्तानी नगरिदिँदा कम्पनीहरुले बैंकबाट लिएको ऋण तिर्न नसक्ने अवस्था आएको छ ।’ त्यतिमात्र नभएर एनसेलसँग काम गरिरहेका धेरै ठेकेदार कम्पनीहरुले आफ्ना कर्मचारीहरुलाई तलब समेत दिन नसकेको बताएका छन् । 

 गत बर्ष मलेसियन कम्पनी एक्जियताले एनसेलको मुख्य लगानिकर्ता टेलियासोनेरासँग ८० प्रतिशत शेयर किनेको थियो । यसले बर्षमा २० अर्ब रुपैयाँ नाफा गर्ने गरेको छ । सोहीवापत नेपाल सरकारलाई तिर्नपर्ने कारोबार कर र लाभकर पूँजी समेत गरि ३५ अर्व एनसेलले तिर्न बाँकी रहेको छ। 

बिदेशी कामदार नेपाल आएर छ महिनासम्म उसले गरेका कामको तौर–तरिका हेरिन्छ ।  काममा चित्त बुझे वर्क–पर्मिट दिइने श्रम विभागका एक अधिकारी वताउँछन् ।  वर्क–पर्मिट पाएपछि पनि छ/छ  महिनामा उसको पासपोर्ट जाँच गरिने विभागको दाबी छ । उनीहरूले भनेको काम नगरेको वा आफू बस्ने स्थान परिवर्तन गरेको, अन्य कम्पनीमा काम गरेको पाइए विभागले कारबाही गर्ने गरेको छ ।

  नियमविपरीत काम गर्नेलाई विभागले कारबाही गर्दै आएको छ। तर, एनसेलका लेखा प्रमुख हादी हाल्मीले नेपाल आएर कुनै काम नै नगरिकन उद्योग बिभाग र श्रममा सेटिङ मिलाई वर्क–पर्मिट लिएको भन्दै कर्मचारीहरुले उजुरी हालेपछि सेटिङ मिलाउने नेपाली कर्मचारीहरु पनि छानविनको दायरामा तानिन लागेका हुन ।

प्रतिक्रिया

सम्बन्धित