कांग्रेस महामन्त्रीमा उम्मेदवारी दिने शर्माको घोषणा

Bishwoprakash

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

बिहीबार १०८औँ बीपी स्मृति दिवसका सुन्दरीजलमा आयोजित कार्यक्रममा प्रवक्ता शर्माले आसन्न १४औँ महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

उम्मेदवारी घोषणपछि शर्माले बीपीले रोपेको कपुरको बोटनजिकै रूद्राक्षको बिरूवा रोपेका छन् । शर्माले पाार्टीलाई लगातार तीनवटा निर्वाचन जिताएर देशलाई नयाँ बाटो दिने सपना आफूसँग रहेको बताए ।

प्रवक्ता शर्माले मुलुकलाई निर्माण गर्ने गरी साझा दृष्टिकोणका साथ अघि बढ्न पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गरे । कम्युनिस्टहरूलाई गाली गरेर नभइ जनताका समस्या समाधान गरेर कांग्रेस अघि बढनुपर्नेमा उनले जोड दिए ।

शर्मा १३औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । नेविसंघका पूर्वअध्यक्षसमेत रहेका शर्मालाई २०७४ सालको प्रदेश र संघमा नराम्रो पराजय ब्यहोरेपछि सभापति शेरबहादुर देउवाले प्रवक्ताको जिम्मेवारी दिएका थिए ।

यसअघि युवा नेता गगन थापाले पनि महामन्त्री पदका लागि उम्मेदवारी घोषणा गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित