क्यासिनोमा प्रहरीको नाटकिय छापा, हातमा लाग्यो सुन्य

casnoकाठमाडौँ । क्यासिनोमा नेपालीलाई प्रवेस गराएको सुचनाका आधारमा प्रहरीले आइतबार राति काठमाडौँका ६ वटा क्यासिनोमा छापा मारेको छ।

 तर त्यहाँ पहिले नै सुचना पुगिसकेको हुँदा प्रहरीको छापा नाटकिय हो वा लाइन मिलाउनको लागि हो आशंका बढेको स्रोतहरुको भनाइ छ । सोल्टी होटल, याक एण्ड यति, सांग्रिला, र्‌याडिसन र ह्यात होटलमा रहेको क्यासिनोमा छापा मारिएको  महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

 महानगरीय अपराध महाशाखा र परिसरको संयुक्त टोलीले ६  वटा समूह बनाएर राति साढे ९ बजेदेखि ११ बजेसम्म क्यासिनोमा छापा मारेको थियो ।

 छापाका क्रममा प्रहरीले सोल्टी होटेलको क्यासिनोबाट क्यासिनोसम्वन्धी तालिम लिइरहेका १३ जना युवतीलाई प्रक्राउ गरेपनि कोहो पनि नेपाली भेटिएनन् । गुण्डाको सुची सार्वजनिक गर्ने नाममा असुलिका लागि भन्दै मिडिया दुरुपयोग गरेको आलोचना खेपेको काठमाडौं प्रहरी र अपराध महाशाखाले क्यासिनो छापामा सुन्य सफलता हाता पारेपछी नियतमा झनै शंका बढाएको छ ।

प्रतिक्रिया

सम्बन्धित