४ असोजसम्मका लागि संसद् बैठक स्थगित 

pratinidhi

काठमाडौं । प्रतिनिधिसभाको बैठक ४ असोजसम्मका लागि स्थगित गरिएको छ । मंगलबार बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले भने, ‘अब अर्काे बैठक २०७८ असोज ४ गते बिहान ११ बजे बस्नेछ ।’ 

मंगलबारको बैठकले विनियोजन विधेयक २०७८माथि विचार गरियोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ भने सांसदहरू रुक्मशमशेर जबरा र मानबहादुर महतोको निधनमा शोक प्रस्ताव पारित गरेको छ । 

एमाले सांसदहरूको नाराबाजीकाबीच सभामुख सापकोटाले मंगलबार बैठकलाई कार्यसूचीमा प्रवेश गराएका हुन् । 

प्रतिक्रिया

सम्बन्धित