बालकोट चोकमा रक्तदान कार्यक्रम हुँदै, सहभागी हुन आयोजकको आग्रह

Lions_1

भक्तपुर । नेपालमा कोरोना महामारीको दोस्रो लहर चलिनैरहेको छ । त्यसैमाथि अब विभिन्न चाडपर्वहरु नजिकिँदै गरेको अवस्थामा अस्पतालहरुमा बिरामीको संख्या बढ्न सक्ने कुरालाई मध्यनजर राख्दै भक्तपुरको बालकोटमा रक्तदान कार्यक्रमको आयोजना गरिन लागेको छ ।

आगामी असोज २ गते शनिबार बिहान साढे ७ देखि १० बजेसम्म बालकोट चोकमा आयोजना गर्न लागिएको रक्तदान कार्यक्रममा सहभागी हुनका लागि स्थानीय तथा इच्छुक सबैलाई आग्रह गरिएको छ ।

लायन्स क्लब अफ भक्तपुर मेरीगोल्ड, लायन्स क्लब अफ भक्तपुर बालकोट र लायन्स क्लब अफ भक्तपुर चाँगुनारायणको अग्रसरता र नेपाल रेडक्रस सोसाइटी बालकोट उपशाखा आयोजनामा रक्तदान कार्यक्रम गर्न लागिएको जनाइएको छ ।

कोरोना महामारीको समयमा समेत विभिन्न सामाजिक कार्यका साथै रक्तदान कार्यक्रमको आयोजना गर्दै आएका लायन्स क्बलहरुले विशेष गरी अस्पतालमा भर्ना भएका बिरामीहरुले रगतको अभावमा ज्यान गुमाउन नपरोस् भन्ने अभ्रिप्रायःले रक्तदान कार्यक्रम आयोजना गरिएको जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित