मनजिभसिंह पुरीलाई स्वागत गर्न केपी ओली आतुर

kpoliकाठमाडौं । नेपालका लागि नवनियुक्त भारतीय राजदूत मनजिभसिंह पुरीको काठमाडौं आगमनले एमालेका शीर्ष नेताहरू भित्रभित्रै खुसी भएका छन् । भारतसँग बिग्रिएको सम्बन्ध पुरीको आगमनले सुध्रिने अपेक्षा एमालेका नेताहरूको छ ।

शनिबार काठमाडौं आइपुगेका पुरीले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएपछि औपचारिक रुपमा कार्यको थालनी गर्ने छन् । उनले केही औपचारिकता निभाउनेवित्तिकै प्रमुख विपक्षी दल एमालेका अध्यक्ष केपी ओलीसँग भेट्ने स्रोतको दाबी छ ।

स्रोत भन्छ, ‘मनजिभसिंह पुरीको आगमनले केपी ओली अत्याधिक खुसी छन् । भारतसँग बिग्रिएको सम्बन्ध सुधार गर्न ओली आतुर छन् ।’ राजदूत पुरीले सबैभन्दा पहिला ओलीलाई नै भेट्ने वा फोन गर्ने तयारी गरेको लैनचौर स्रोतको दाबी छ ।

भारतसँग सम्बन्ध बिग्रिएकै कारण सत्ताच्युत हुन पुगेका ओलीले बेलाबेलामा आफ्ना दूतहरूलाई नयाँदिल्ली पठाएर सम्बन्ध सुधारको प्रयास गरेका थिए । तर, त्यसमा उनी सफल हुन सकेका छैनन् ।

ओली पनि नयाँ भारतीय राजदूत पुरीसँग भेटवार्ता गर्न आतुर रहेको एमाले उच्च स्रोतको भनाइ छ । ओलीले भेटमा समग्र राजनीतिक विषयमा खुलेर कुरा गर्ने जनाइएको छ ।निर्वतमान राजदूत रणजित रायका बेलामा एमाले अध्यक्ष ओली र भारतीय पक्षबीच ठूलो द्वन्द्व निम्तिएको थियो । त्यसको परिणाम नेपाली जनताले भारतको चरम आर्थिक नाकाबन्दीको सामना गर्नु परेको थियो

प्रतिक्रिया

सम्बन्धित