कमेडी च्याम्पियनको फाइनल आज

comedy_1

काठमाडौं । कमेडी च्याम्पियन सिजन–२ को विजेता आज घोषित हुँदैछ । आज साँझ नियमित समय र सेटमै ग्रान्ड फिनाले सुरु हुने जनाइएको छ । साँझ ९ बजेबाट कार्यक्रम सुरु हुनेछ ।

“९ बजेदखि कार्यक्रम सुरु हुनेछ । राति १० बजेबाट ग्रान्ड फिनाले सुरु हुनेछ,” निर्देशक विशाल भण्डारीले भने, “राति ११ बजेसम्म रिजल्ट सार्वजनिक भइसक्ने छ ।”

फाइनलमा भरतमणि पौडेल, बिक्की अग्रवाल र सन्तोष थापा पुगेका छन् । उनीहरु फाइनलका लागि भोट माग्न होम टाउन पुगेर फर्किसकेका छन् ।

च्याम्पियनमा सन्तोष पन्त, मनोज गजुरेल, ऋचा शर्मा र प्रदीप भट्टराई निर्णायकका रुपमा रहेका छन् । तर शर्मा भने आमा बनेकीले पछिल्लो भागमा निर्णायकको रुपमा कार्यक्रममा उपस्थित भएकी थिइनन् ।

प्रस्तुति र दर्शकको भोटलाई आधार बनाएर घोषणा गर्न लागिएको च्याम्पियनका विजेताले एउटा कार पाउने छन् भने उपविजेता र तेस्रो हुनेले क्रमशः मोटरसाइकल र स्कुटर पाउने जनाइएको छ ।

त्यस्तै कार्यक्रममा होस्टका रुपमा रिमा विश्वकर्मा र मेक्सम गौडेल रहेका छन् । 

प्रतिक्रिया

सम्बन्धित