बालकोटमा रक्तदान सम्पन्न, लायन सिलवालले गरे ८२औं पटक रक्तदान

Lion

 

भक्तपुर । कोरोना महामारी र नजिकिँदै गरेको चाडबाडलाई मध्यनजर गर्दै भक्तपुरको बालकोटमा आयोजित रक्तदान कार्यक्रम आयोजना गरिएको छ । लायन्स क्लब अफ भक्तपुर मेरिगोल्ड, लायन्स क्लब अफ भक्तपुर बालकोट,  लायन्स क्लब अफ चाँगुनारायण र नेपाल रेडक्रस सोसाइटी बालकोट उपशाखाद्वारा संयुक्तरुपमा शनिबार आयोजित रक्तदान कार्यक्रममा ३० रक्तदाताले रक्तदान गरेका थिए ।

नेपाल रेडक्रस सोसाइटी बालकोट उपशाखा सभापति दिबाकर सिलवालले कार्यक्रमका पहिलो ब्लड दाता गोबिन्द पौडेललाई ब्लडब्याग हस्तान्तरण गर्दै गरेको रक्तदानको उद्घाटनमा स्थानीय ५ महिला र २५ पुरूषले रक्तदान गरेका थिए ।

Lion_1

उक्त अवसरमा नेपाल रेडक्रस सोसाइटी बालकोट उपशाखा तथा क्लबका तर्फबाट नेपाल रेडक्रस सोसाइटी बालकोट उपशाखा सभापति दिबाकर सिलवाल र क्लब प्रेसिडेन्टहरु लायन चन्द्रकृष्ण श्रेष्ठ, लायन सुन्दर बिष्ट र लायन प्रबिन बहादुर भडेलले रक्तदाताहरुलाई रक्तदानका लागि धन्यबाद दिँदै प्रमाणपत्र प्रदान गरेको थिए ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बालकोट उपशाखाका संस्थापक एबम् सल्लाहाकार,लायन्स क्लब 325 A2 ,Region Zone Person उद्धब सिलवालले ८२औ पटक रक्तदान गरेका थिए ।

No description available.

उक्त अवसरमा लायन्स क्लब 325 A2 Co Chief Advisor लायन शम्भु थापा,लायन्स क्लब 325 A2 Zone Chair Person लायन कृष्ण कार्की, लायन्स क्लब अफ प्रिन्सिपलका Charter President भुबनलाल श्रेष्ठ,  लायन्स क्लब अफ भक्तपुर बालकोटका सचिव गगनसिं विष्टलगायतको सहभागिता रहेको थियो ।

स्थानीयहरुको समेत उत्साहजनक सहभागीतामा सम्पन्न रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बालकोट उपशाखाका पूर्बसभापतिहरु लबकुमार कार्की र राजन खड्काले कोरोना महामारी र हालै मात्र मुलुकले भोग्न परेको प्राकृतिक प्रकोपका कारण देशैभर रगतको माग बढेको अबस्थामा रगत ब्यबस्थापनमा यस्ता कार्यक्रमले धेरै सहयोग गर्ने बताएका थिए ।

No description available.

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बालकोट उपशाखा उपसभापति सुमित्रा सापकोटा, कोषाध्यक्ष बालमुकुन्द उपाध्याय, सह-कोषाध्यक्ष जयराज पौडेल कार्यसमिति सदस्यहरु सुरेश श्रेष्ठ, दिपेश श्रेष्ठ, राजन खत्रीलगायतको उपस्थिति थियो ।

उक्त रक्तदान कार्यक्रममा सिलवालले ८२ औँ पटक र श्रीजन जोशीले ६२औँ पटक रक्तदान गर्दै स्वास्थ्यले साथ दिएसम्म लगातार रक्तदान गरिरहने प्रतिबद्धतासमेत जनाए ।

No description available.

उक्त अवसरमा आउने असोज २३ गते रेडक्रस भवन बालकोटमा मैत्रीय सहकारीसँगको सहकार्यमा पुनः रक्तदान कार्यक्रमको आयोजना गरिएको पनि जानकारी दिइयो ।

नेपाल रेडक्रस सोसाइटी बालकोट उपशाखाका सभापति दिवाकर सिलवालले कार्यक्रममा रक्तदाता, सहकार्य गर्ने लायन्स क्लब अफ भक्तपुर मेरिगोल्ड, भक्तपुर बालकोट, र भक्तपुर चाँगुनारायण, नेपाल रेडक्रम सोसाइटी भक्तपुरका प्राविधिक टोलीलगायत सबैलाई धन्यवाद दिँदै आगामी असोज २३ गते शनिबारका बिहान ७:३० देखि १० बजेसम्म पनि सहभागी भइ रक्तदान गरिदिनसमेत आह्वान गरे ।

प्रतिक्रिया

सम्बन्धित