माओवादी केन्द्र प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न प्रचण्ड जनकपुरमा
जनकपुरधाम । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जनकपुरधाम आइपुगेका छन् । प्रदेशस्तरीय कार्यकर्ता भेलामा सहभागी हुन उनी शनिबार जनकपुरधाम आइपुगेका हुन् ।
प्रचण्डको उपस्थितिमा भेला सुरु भएको छ । उनले देशको समसमायिक अवस्था र पार्टीले लिने नीतिको विषयमा धारणा राख्ने कार्यक्रम छ ।
भेलामा माओवादी केन्द्रका प्रदेशस्तरीय अगुवा कार्यकर्ताको उपस्थिति छ ।
जनकपुरधामस्थित मरवाडी सेवा समितिमा सुरु भएको प्रशिक्षण कार्यक्रममा पूर्वमन्त्रीद्वय माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेल, मातृका यादव, पूर्वमन्त्री गणेश साह, नेता रामकुमार शर्मा, प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहलगायत उपस्थित छन् । उनीहरूले कार्यकर्तालाई प्रशिक्षण दिने छन् । -न्यूजकारखाना
प्रतिक्रिया