नेपाल एएफसी महिला एसियन कपको पहिलो खेलमा फिलिपन्ससँग पराजित

fooooo

काठमाडौं । एएफसी महिला एसियन कप–२०२२ छनोटको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग पराजित भएको छ।

पहिलो हाफमा लिएको अग्रतालाई जोगाउन नसक्दा नेपालले उज्वेकिस्तानको जेएआर स्टेडियममा शनिबार भएको खेलमा फिलिपिन्ससँग २–१ गोल अन्तरले पराजित भएको हो।

खेलको १० औं मिनेटमा विमला चौधरीले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएकी थिइन्। विमलाले हेड मार्फत उत्कृष्ट गोल गरिन् ।

तर, विमला ३९ औं मिनेटमा चोट बोक्दै मैदानबाट बाहिरिएकी थिइन्। विमलाको स्थानमा अनिता बस्नेत मैदान प्रवेश गरेकी थिइन्। दोस्रो हाफमा भने फिलिपिन्स खेलमा फर्कियो।

खेलको ८९ औं मिनेटमा तहनाइ एन्निसले गोल गर्दै खेल १–१ गोल बराबरीमा ल्याईन् ।

त्यसपछि खेलको इन्जुरी समयमा विल्सन केमिलीले गोल गर्दै फिलिपिन्सलाई २–१ को जित दिलाईन् ।

प्रतिक्रिया

सम्बन्धित