पछिल्लो २४ घन्टामा उपत्यकामा ४०४ मा कोरोना संक्रमण

Nepal_Corona_MN

काठमाडौं । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ४०४ जनामा कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप चार सय चार जनामा संक्रमण पुष्टि भएको हो। काठमाडौंमा दुई सय ४५, ललितपुरमा एक सय सात र भक्तपुरमा ५४ जना संक्रमित थपिएका हुन्।

योसँगै अहिले उपत्यकामा पाँच हजार एक सय १५ जना सक्रिय संक्रमित छन्। काठमाडौंमा मात्रै दुई हजार आठ सय २९, ललितपुरमा एक हजार तीन सय ७४ र भक्तपुरमा नौ सय १२ सक्रिय संक्रमित छन्।

बिहीबार नेपालमा थप एक हजार दुई सय ३९ जना संक्रमित थपिएका हुन्।

नेपालमा पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएको छ। अहिलेसम्म यसको संक्रमणबाट ११ हजार ७२ जनाको मृत्यु भएको छ।

नेपालभर अहिले २० हजार सात सय ४३ सक्रिय संक्रमित छन्। बिहीबार एक हजार तीन सय २४ जना संक्रमित निको भएका छन्। 

प्रतिक्रिया

सम्बन्धित