परराष्ट्रमन्त्री डा. खड्काको सपथविरुद्ध सर्वोच्चमा रिट दायर

Narayan Khadka

काठमाडौं । सर्वोच्च अदालतमा परराष्ट्रमन्त्री नारायण खड्काको शपथ बदरको माग गर्दै रिट परेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शपथसम्बन्धी संघीय कानुन नै नरहेको अवस्थामा शपथ गराएको भन्दै अधिवक्ता विशाल न्यौपानेले मंगलबार रिट दायर गरेका हुन् । भण्डारीले असोज ६ गते परराष्ट्रमन्त्री डा। नारायण खड्कालाई पद तथा गोपनीयताको शपथ गराएकी थिइन् ।

केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको शपथसम्बन्धी अध्यादेश संसदबाट पारित नभएपछि निष्क्रिय भएको छ । त्यसैले हाल मुलुकमा शपथसम्बन्धी संघीय कानुन नरहेको भन्दै न्यौपानेले उक्त शपथविरुद्ध रिट दायर गरेका हुन् ।

रिटमा संविधान बमोजिम शपथसम्बन्धी कानुन बनेर पुन शपथ नलिएसम्म परराष्ट्रमन्त्री खड्कालाई कामकाज गर्न नदिन अन्तरिम आदेश पनि माग गरिएको छ । त्यस्तै शपथसम्बन्धी संघीय कानुन बनाएर मात्र शपथ लिने व्यवस्था मिलाउन सरकारका नाममा परमादेश पनि माग गरिएको छ ।

सर्वोच्च अदालतका अनुसार यो रिटमा बुधबारका लागि पेशी तोकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित