मेची क्राउनलाई पर्यटन मन्त्रालयद्वारा उत्कृष्ट होटलको सम्मान

Mechi Crown

काठमाडौं । झापाको धुलाबारीस्थित पाँचतारे होटललाई पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उत्कृष्ट होटलका रुपमा सम्मान गरेको छ।

४२ औं पर्यटन दिवसका अवसरमा मंगलबार उक्त होटललाई सम्मान गरिएको हो। मेची क्राउन प्रदेश १ को पहिलो पाँचतारे होटल हो। अध्यक्ष पवित्र कुमार कार्कीले सम्मान पत्र लिएको होटल प्रशासनले जनाएको छ।

प्रदेश १ को सुदूरपूर्वमा खुलेको उक्त होटल पूर्वी क्षेत्रको आन्तरिक तथा भारतीय पर्यटकलाई आकर्षणको केन्द्र बनेको छ। 

प्रतिक्रिया

सम्बन्धित