देशभर थप ११५७ संक्रमित, १११३ संक्रमणमुक्त हुँदा ८ को मृत्यु

Corona_Test

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा ११५७ नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार उक्त अवधिमा देशभर १४ जार ५४१ जनाको कोरोना परिक्षण गरिएको थियो ।

त्यस्तै गत २४ घन्टामा देशभर १ हजार ११३ जना कोरोनामुक्त भएका छन् । यससँगै हालसम्म देशभर कोरोनामुक्त हुनेको संख्या ७ लाख ६४ हजार ८५७ पुगेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै गत २४ घन्टामा ८ जना संक्रमितको मृत्यु भएसँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार १२३ पुगेको छ ।

नेपालमा अहिलेको अवस्थामा १८ हजार १ सय ९३ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित