प्रधानमन्त्री बनेको तीन महिनाभित्रै मन्त्रीपरिषद् विस्तार गर्दै देउवा !

PM Deuba

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले तीन महिनामा आज मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको गठबन्धनको सहमतिअनुसार आज मन्त्रिपरिषद् विस्तार हुँदैछ । मन्त्रीको शपथ अपराह्न ४ बजे गर्ने तयारी छ । त्यसअघि नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीले मन्त्री हुनेको नाम टुंग्याउँदैछन् ।

बालुवाटारमा बिहीबार भएको सहमतिअनुसार कांग्रेसले ८, माओवादी केन्द्रले ५, जसपा र नेकपा एकीकृत समाजवादीले ४–४ मन्त्रालय पाउने छन् ।

मन्त्रालय भागबण्डामा असन्तुष्टि जनाएको नेकपा एकीकृत समाजवादीले दुई राज्यमन्त्रीसहित ४ मन्त्रालय र २ मुख्यमन्त्री पाउने भएपछि उसको असन्तुष्टि हटेको छ । समाजवादीलाई शहरी विकास, संस्कृति तथा पर्यटन र श्रम तथा रोजगार मन्त्रालय दिइएको छ ।

जसपाले भौतिक पुर्वाधार तथा यातायात, कृषि तथा पशुपन्छी, संघीय मामिला तथा सामान्य प्रशासन र बन तथा वातावरण पाउने भएको छ ।

कांग्रेसले प्रधानमन्त्रीसहित रक्षा, गृह, परराष्ट्र, सञ्चार तथा सूचना प्रविधिसहितका मन्त्रालय पाएको छ ।

नेकपा माओवादी केन्द्रले अर्थ, ऊर्जा, शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था तथा गरिबी निवारण र खानेपानी मन्त्रालय पाएको छ ।

असार २९ गते गठबन्धनबाट प्रधानमन्त्री बनेका देउवाले ८९ दिनसम्म पाँच मन्त्री र एक राज्यमन्त्रीका भरमा सरकार चलाउदै आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित