साफ च्याम्पियनसिपः 'पावर हाउस' भारतविरुद्ध 'अन्डर डग' नेपाल भिड्दै

Nep_India football

काठमाडौं । साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र भारतबीचको खेल आज हुँदैछ ।

माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा नेपालले दक्षिण एसियाली ‘पावर हाउस’ मानिने भारतको सामाना गर्दैछ ।

राति ९ः४५ हुने खेलमा नेपालले जिते सीधै फाइनल यात्रा तय हुनेछ । तर फाइनलमा स्थान तय गर्न भारतलाई भने बाँकी खेल जित्नै पर्ने दबाब छ । पछिल्लो समय ‘अन्डर डग’ टिमको रुपमा देखिन लागेको नेपाली टिम लगातार दुई खेलको जितपछि उच्च मनोबलका साथ मैदानमा उत्रिने छ ।

सात पटकको च्याम्पियन भारतलाई हराउन सहज नभए पनि शुरूवाती दुई खेल जितेको नेपाल उच्च मनोबलका साथ मैदान उत्रदैछ । भारतकाविरूद्ध जित्नकै लागि खेल्ने भन्दै प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपाली खेलाडीलाई ढाडस दिएका छन् ।

२ खेलमा ६ अंकसहित शीर्ष स्थानमा रहेको नेपाल भारतसँग यसअघिका खेलमा कमजोर देखिएको छ । तथापि जारी साफमा २ खेलमा २ अंक जोडेर चौंथो स्थानमा रहेको छ । त्यसैले भारतविरूद्ध नेपाल हावी हुन सक्ने पनि ठानिएको छ ।

यसअघिका भारतसँगका २१ खेलमा नेपाल १४ मा हार, ५ मा जित र २ खेल बराबरीमा सकिएका थिए ।

साफकै तयारी स्वरूप भएका दुई खेलमा पनि नेपाल एकमा पराजित र एक खेलमा बराबरीमा रोकिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित