सनसाइन चिल्ड्रेन क्याम्पमा दशैं सेलिब्रेसन

dashain camp

ललितपुर । ललितपुरको इमाडोलमा जारी सनसाइन चिल्ड्रेन क्याम्पमा सहभागी बालबालिकाहरुबीच दशैं सेलिब्रेसन गरिएको छ । नजिकिँदै गरेको दशैं तिहारका अवसरमा शुभकामना आदानप्रदानसहित प्रशिक्षणका विभिन्न कार्यक्रमहरुको आयोजना गरिएको हो ।

बालबालिकाको चौतर्फी विकासको मुख्य उद्देश्यसहित सञ्चालन भइरहेको क्याम्पमा सहभागी बालबालिकाका साथै केही अभिभावक र क्याम्प आयोजकहरुको सहभागीतामा उक्त कार्यक्रमको आयोजना गरिएको क्याम्प संयोजक मन्नु विष्टले बताइन् ।

कार्यक्रममा सहभागिता जनाउने बच्चाहरुलाई क्याम्प आयोजक किड्स गार्डेन मन्टेश्वरीकी सञ्चालिका मुना दाहालले विजयादशमीको प्रसाद स्वरुप टीका तथा जमरा लगाएर आशिर्वाद प्रदान गरेकी थिइन् ।

No description available.

नेपालकै ठूलो थ्रिडी आर्ट वन डे थ्र्रिडी आर्ट म्युजियममा सम्पन्न कार्यक्रममा क्याम्पमा सहभागी सबै बालबालिकाहरुको उपस्थिति रहेको थियो ।

लामो समयसम्मको कोरोना महामारीका कारण बाँधिएर बस्न बाध्य बालबालिकाको व्यक्तित्व विकासका लागि मिल्टन सोलुसन्स र ह्वाइट मिडियाको संयुक्त प्रस्तुतिमा सञ्चालन गरिएको क्याम्प ३० घन्टाको रहेको जनाइएको छ । पहिलो क्याम्पमा सहभागी भएका १७ जना बालबालिकाले क्याम्पबाट व्यक्तित्व विकासका आत्मविश्वास बढेको बताएका छन् ।

No description available.

क्याम्पमा बालबालिकाको व्यक्तित्व विकास, मोडलिङ, व्यावसायिकफोटोसुटका साथै आर्ट कक्षाहरुको व्यवस्था गरिने जनाइएको छ । साथै क्याम्पमा बालबालिकाहरुको जिम्न्यास्टिक, नृत्यलगायत अन्य अतिरिक्त क्रियाकलापहरु गराइने पनि जानकारी दिइएको थियो ।

क्याम्पसमा वनडे थ्रीडी आर्ट वर्ल्ड र किड्स गार्डेन मन्टेश्वरीको सहआयोजनामा हुन लागेको क्याम्पको हस्पिटालिटी पार्टनरका रुपमा वन डे थ्रीडी आर्ट रेष्टुरेन्ट र मिडिया पार्टनरको रुपमा माइन्यूजनेपालडटकम रहेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित