मोतिपुर औद्योगिक क्षेत्रमा गोली चल्दा ४ जनाको मृत्‍यु, १० भन्दा धेरै घाइते

Motipur incident

बुटवलको मोतिपुर औद्योगिक क्षेत्रमा सुकुम्बासी समूहसँग झडपहुँदा सुरक्षाकर्मीले चलाएको गोली लागि चार जनाको मृत्यु भएको छ । बुटवल वडा नम्बर १७ र १८ मा पर्ने मोतिपुर औद्योगिक क्षेत्रको जग्गा कब्जा गरेर बसेकाहरुलाई हटाउने क्रममा आइतबार सशस्त्र प्रहरी र जग्गा कब्जा गरेर बसेकाहरूबीच झडप भएको थियो। उक्त क्षेत्रमा जग्गा अतिक्रमण हुन थालेपछि रुपन्देही प्रशासनले जग्गा खाली गराउन केही दिनदेखि प्रयास गर्दै आएको थियो । आईतवार दिउँसो अतिक्रमणकारीलाई हटाउन खोज्दा प्रहरी र अतिक्रमणकारीवीच झडप भएको थियो भने गोली लागेर घाइते भएकामध्ये तीन जनाको मृत्यु भएको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवाले पुष्टि गरेको छ। 

त्यस्तै परिस्थितिलाई सामान्य बनाउन स्थानीय प्रशासनले कर्फ्यू समेत लगाएको छ । झडपपछि जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले कर्फ्यू आदेश जारी गरेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताए ।

आइतबार ४ बजेदेखि लागू हुने गरी पूर्वमा तिनाउ नदी, पश्चिममा हरिहरपुरको खेती योग्य जमिन, उत्तरमा शिवनगर रानीगञ्ज वस्ती र दक्षिणमा बुटवल उपमहानगरपालिका–१८ औद्योगिक करिडोरको जमिन रहेको भागसम्म लागू हुने गरी कर्फ्यू लगाइएको छ ।

स्थानीयका अनुसार प्रहरीले राति १ बजे घर घेराउ गरी स्थानीय ३१ वर्षीय हिमाल रानालाई पक्राउ गरेपछि स्थानीय आक्रोशित भएका थिए। प्रशासनले तीन दिनदेखि रातको समयमा टहराहरु भत्काउँदै आएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित