अछाममा जन्ती जीप दुर्घटना, ४ को मृत्यु, १४ घाइते

Accident

अछाम । विवाहका लागि जन्ती बोकेर हिँडेको जीप दुर्घटना हुँदा अछाममा चार जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।

जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–१ मा आइतबार राति ११ बजेतिर जन्ती बोकेर विनायक बजारतर्फ फर्किने क्रममा से १ च १७६३ नम्बरको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा पञ्चदेवल विनायक नगरपालिका–३ का १८ वर्षीय जीवन जैसी, १८ वर्षकै सर्व बोहरा, २१ वर्षीय जीवन न्यौपाने र १७ वर्षीय हिमाल नेपालीको मृत्यु भएको पुष्टि गरेको छ । उनीहरु मध्ये जैसीको घटनास्थलमै र अन्य तीन जनाको उपचारका क्रममा स्थानीय स्वास्थ्य संस्थामा मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

दुर्घटनामा घाइते भएका १४ जनालाई थप उपचारका लागि राति नै नेपालगञ्ज रेफर गरिएको छ ।

जीप कच्ची सडकखण्डमा ब्याक गर्ने क्रममा अनियन्त्रित भएर सडकबाट करिब दुई सय मिटर तल खसेको छ । चालकको पहिचान हुन नसकेको बताउँदै प्रहरीले खोजी कार्य जारी राखिएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित