‘टिकट काउन्टरको कर्मचारी हुँ भन्दै यात्रु ठग्न खोज्ने सात जना पक्राउ

arrest-7
काठमाडौँ । चाडपर्वको समयमा यात्रुहरूसँग तोकिएको भन्दा बढी भाडा लिन खोज्ने ७ जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

‘टिकट काउन्टरको कर्मचारी हुँ’ भनी पोसाक तथा परिचय पत्र साथमा नलिई अनाधिकृत रूपमा भाडा उठाई विचौलियाको काम गर्ने ७ जनालाई आज बिहानै नियन्त्रणमा लिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बताए ।

पक्राउ पर्नेमा कोटेश्वर एरियाको काउन्टरबाट खोटाङ ऐशेलुखर्क(३ का भीम निरौला र रञ्जित श्रेष्ठ, बल्खु एरियाको काउन्टरबाट सिन्धुलीका हरि कार्की, चितवनका सुदर्शन पाण्डे, बारा कलैयाका एल एक्स चौधरी, मकवानपुर भीमफेदीका प्रेम घिमिरे र बारा जितपुरका बिशाल लामा पक्राउ परेका हुन् ।
ठगी, बढी भाडा लिने, दोब्बर भाडामा टिकट काट्ने लगायतको काम हुन सक्ने भन्दै महाशाखाले पीडित सहायता कक्षबाट सादा पोशाकमा प्रहरी टोली परिचालन गरी आफैँ यात्रु बनेर कारवाही अभियान चलाईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित