ओलीले देखाए सिलवाल मोह, महान्यायाधिवक्तालाई लगाए यस्तो आरोप

olin काठमाडौं ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महान्यायाधिवक्ता रमण श्रेष्ठ पदमा बस्न अयोग्य भएको दाबी गरेका छन् । श्रेष्ठ ‘उग्रपन्थी पार्टीको हुल्याहा कार्यकर्ता’ का रुपमा प्रस्तुत भएको भन्दै चर्को आलोचना गरे ।

 एमालेको मेची महाकाली अभियानका स्वयंमसेवकलाई धन्यवाद दिन मंगलबार आयोजित कार्यक्रममा अध्यक्ष ओलीले महान्यायाधिवक्ता जस्तो जिम्मेवार पदमा बसेका श्रेष्ठले जथाभावी बोल्दै हिँडेको भन्दै आरोप लगाए ।

 ओलीले भने, ‘मेरो झगडियाले जित्दैन भने बहस नै गर्दिनँ भन्नु अनिष्ठको संकेत हो ।'यसअघी  महान्यायाधिवक्ता रमण श्रेष्ठसहित एक दर्जनभन्दा बढि वरिष्ठ अधिवक्ताहरुले आइजीपीको विषयमा परेको रिटमा गठन भएको इजलाश ‘सेटिङ’ अनुसार गरेको भन्दै प्रधानन्यायाधिस सुशिला कार्कीलाई महाअभियोग लगाउन माग गरेका थिए।

  महान्यायधीवक्ता  श्रेष्ठ, पूर्वमहान्यायधीवक्ता पन्त र मुक्ति प्रधान, कांग्रेस निकट डिएलएका अध्यक्ष भरत खेरल र पूर्व अध्यक्ष गोपालकृष्ण घिमिरे, अधिवक्ताहरु सतिशकृष्ण खरेल, नेपाल बार एसोसिएसन सर्वोच्च अदालतका अध्यक्ष शैलेन्द्र दाहाल, नेपाल बारका अध्यक्ष शेरबहादुर केसी, महासचिव खम्बाबहादुर खाती लगायत दर्जन वकिलहरुले प्रधानन्यायधीशले सर्वोच्च अदालतमा ऐन र कानुन कुल्चिएर स्वइच्छाचारिता लागु गरेको भन्दै काँग्रेस सभापति शेरवहादुर देउवालाई भेटेर महाअभियोगको माग गरेका थिए ।ओली उनै नेता हुन जसले बिबादास्पद डिअाइजी नवराज सिलवाललाई प्रधानमन्त्री छँदा अन्य प्रतिस्पर्धीलाई पाखा लगाइ सिलवाललाई मात्र एअाइजीमा बढुवा गर्न खोजेका थिए। तर, तत्कालिन अाइजिपी उपेन्द्रकान्त अर्यालले संगठनमा भाँडभैलो हुने भन्दै सिलवाललाई मात्र एअाइजी बनाउने ओलीको योजनालाई तुहाइदिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित