बुटवलबाट तम्घास जादैँ गरेको जिप दुर्घटना ,३ जनाको मृत्यु ६ जना घाइते

Accident graphics
काठमडौं ।
बुटवलबाट तम्घास जादैँ गरेको जिप दुर्घटना हुदाँ ३ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन। विहीबार राती ११ बजेतिर रेसुङ्गा नगरपालिकाको छहरा भन्ने स्थानमा लु १ ज ४४९० नम्बरको जिप सडकबाट ५ सयम मिटर तल खसेको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा गुल्मी मुसिकोट ७० वर्षका क्षेत्रबहादुर थापा, ४६ वर्षीया राधिका थापा र १० वर्षकी संगिता सुनार रहेको प्रहरीले पुष्टि गरेको छ।जिप चालक कमल थापासहित ६ जना घाइते भएका छन।

 

प्रतिक्रिया

सम्बन्धित