हात्तीको आक्रमणबाट दम्पतीको मृत्यु

Elephant attack

कञ्चनपुर ।
शुक्लाफाँटा नगरपालिका-१२ वसन्तपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक दम्पतीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दिएको जानकारी अनुसार मृत्यु हुनेमा वसन्तपुरका ५५ वर्षीय ध्वजबहादुर कार्की र उनका श्रीमती ४५ वर्षीया मधुराको आज विहान मृत्यु भएको हो । नजिकैको सामुदायिक वनबाट नौरदश वटाको सङ्ख्यामा जङ्गली हात्ती गाउँ पसेपछि स्थानीयले हो/हल्ला गरेका थिए । सोही क्रममा कार्की दम्पतीलाई हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

‘डिलाशैनी सामुदायिक वनबाट आएका हात्तीले आक्रमण गरेको हो ।’ घटनास्थलबाट शुक्लाफाँटा–१२ का वडाध्यक्ष बाले रानाले भने, ‘अझै जङ्गल किनारका बस्तीमा हात्तीले आक्रमण गर्नसक्ने त्रासदी छ ।’

प्रतिक्रिया

सम्बन्धित