एकीकृत समाजवादीले दियो दैलेखका अम्मरबहादुर थापालाई कर्णाली प्रदेश अध्यक्षको जिम्मेवारी

Ammar

सुर्खेत । नेकपा (एकीकृत समाजवादी) ले कर्णाली प्रदेश अध्यक्षको जिम्मेवारी दैलेखका अम्मर बहादुर थापालाई दिएको छ । शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले थापालाई प्रदेश अध्यक्षको जिम्मेवारी दिएको हो ।

कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रीसमेत रहेका थापा दैलेखबाट प्रतिनिधित्व गर्ने प्रभावशाली नेताका रुपमा रहेका छन् ।

दैलेखबाट प्रदेश सभा सदस्यमा निर्वाचित थापाले गत वैशाख ३ गते एमालेमै हुँदा ‘फ्लोर क्रस’ गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए । त्यसपछि उनीसहित फ्लोर क्रस गरेका चार जनाको सांसद पद गुमेको थियो । थापा हाल सांसद नरहेकाले मन्त्री पदको समयावधि पनि केही दिनमा सकिँदै छ ।

समाजवादीले यसअघि प्रकाश ज्वालालाई कर्णाली प्रदेश इञ्चार्जको जिम्मेवारी दिइसकेको छ ।

यस्तै प्रदेश सह–इञ्चार्जको जिम्मा चन्द्रबहादुर शाही, हंस शाही, शेरबहादुर केसीले पाएका छन् भने ठगेन्द्र पुरीलाई सचिवको जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित