आईजीपी नियुक्ति बिबाद अब नयाँ मोडमा,डिआईजी प्रकाश अर्याल पनि सर्वोच्चमा

paryalकाठमाडौं । नेपाल प्रहरीका दोस्रो वरियताका नायव महानिरीक्षक डीआईजी प्रकाश अर्यालले पनि सर्वोच्च अदालतमा रिट दायर गर्ने भएका छन् । सर्वोच्च अदालतले डीआईजीद्वय जयबहादुर चन्द र नवराज सिलवालको मात्र कार्य मूल्यांकनको फाइल मगाएको भन्दै उनले सर्वोच्चमा रिट दायर गर्न लागेका हुन् ।

  उनले सोमबार सर्वोच्च अदालतमा रिट दायर गर्ने अधिवक्ता सुवास लामिछानेले जानकारी दिए । डीआईजी अर्यालले आइतबार नै रिट दायर गर्ने तयारी गरेका थिए । तर सम्भव हुन नसकेको लामिछानेले बताए । आईजीपी नियुक्ति विवादमा सर्वोच्चमा परेको रिटको सुनुवाईका क्रममा सर्वोच्चले चन्द र सिलवालको मात्र फाइल मगाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित