कांग्रेस सभापति देउवाले दिए निधिलाई सभापतिको जिम्मेवारी

bimalendra

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा ७ दिनका लागि बेलायत भ्रमणमा जाने भएपछि पार्टीको कार्यवाहक सभापतिमा बिमलेन्द्र निधिलाई जिम्मेवारी दिइएको छ । प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा सात दिने बेलायत भ्रमणमा निस्किएपछि निधि कार्यवाहक सभापति बनेका हुन् ।

राष्ट्रसंघ आवद्ध देशका नेताहरुको सम्मेलन ‘वर्ल्ड लिडर समिट’मा भाग लिन प्रधानमन्त्री २० सदस्यीय टोलीको नेतृत्त्व गर्दै बेलायत प्रस्थान गरेका हुन् । नोभेम्बर १ र २ मा बेलायतको ग्लास्गोमा हुने संयुक्त राष्ट्रसंघीय संरचना महासन्धी (कोप–२६) को २६ औं विश्व नेताहहरुको सम्मेलन ‘लिडर समिट’मा भाग लिएर प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवा त्यसतर्फ प्रस्थान गरेका हुन् ।

उनको भ्रमण एक साता लामो हुने छ । त्यतिञ्जेलसम्म निधि नेपाली कांग्रेसको कार्यवाहक सभापति रहने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । त्यसवेलासम्म कांग्रेसले कुनै महत्त्वपूर्ण निर्णय गर्नुपरेमा निधिले नै त्यसको नेतृत्त्व लिनेछन् ।

No photo description available.

प्रतिक्रिया

सम्बन्धित