१० वटा उत्तर मिलाएर लाइसेन्सको लिखित परीक्षा पास

licenceकाठमाडौं : यातायात व्यवस्था विभागले सवारीसाधन अनुमतिपत्र (लाइसेन्स) लिनका लागि अब लिखित परीक्षामा १० वस्तुगत प्रश्न मिलाए उतिर्ण गर्ने भएको छ । लिखितमा धेरै मानिस अनुत्तीर्ण भएको जनगुनासो बढेपछि विभागले कुल २० वस्तुगतमध्ये १० प्रश्न मिलाउने व्यक्तिलाई सवारीसाधन अनुमतिपत्रको परीक्षण दिन पाउने व्यवस्था शुक्रबारदेखि गरेको हो । यसबाट लिखित परीक्षामा धेरै परीक्षार्थी उत्तीर्ण हुने विश्वास विभागले गरेको छ । नयाँ नियमसँगै लिखित परीक्षा दिँदा हुने धेरै भिडभाड र बिचौलियाको चलखेल घट्ने विभागले जनाएको छ । यसअघि सवारीसाधन अनुमतिपत्र लिँदा सय पूर्णाङ्कमध्ये १९ लब्धाङ्कको विषयगत र ८१ लब्धाङ्कको वस्तुगत प्रश्नको उत्तर दिनुपर्ने हुन्थ्यो । त्यसमा ४० प्रतिशत विद्यार्थी अनुत्तीर्ण हुने गरेका थिए । विभागले लिखित परीक्षा दिएर अनुमतिपत्र लिएका चालकलाई फेरि अनुमतिपत्र लिँदा परीक्षा दिनु नपर्ने व्यवस्था गरेको पनि जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित