टी–२० विश्वकपः सेमिफाइनल प्रवेशमा भारतको भाग्यपरिक्षा आज, अफगानिस्तानले न्यूजिल्यान्डलाई हराउनै पर्ने

R jadeja

काठमाडौं । युएईमा जारी टी–२० विश्वकपको सेमिफाइनलमा तीन टिम प्रवेश गरिसकेका छन् । पहिलो ग्रुपबाट इं्रग्ल्यान्ड र अस्ट्रेलिया प्रवेश गरिसकेका छन् भने दोस्रो ग्रुपबाट पाकिस्तान सेमिफाइनल प्रवेश गरिसकेको छ ।

अर्को एक टिमको टुंगो भने आज हुने न्यूजिल्यान्ड र अफगानिस्तानबीचको खेल पछि अड्कल गर्न सकिन्छ । आजको खेलमा न्यूजिल्यान्डले अफगानिस्तानलाई हराएको खण्डमा न्यूजिल्यान्ड सेमिफाइनल प्रवेश गर्दछ भने अफगानिस्तानले जित हात पारेमा सेमिफाइनल दौड अन्तिम खेलसम्म निर्भर पर्दछ । यदि अफगानिस्तानले खेल जितेमा अन्तिम खेलमा भारतले नामिबियाविरुद्ध विशाल जित हात पारेमा रनरेटका आधारमा सेमिफाइनल प्रवेश गर्ने आशा बाँकी रहन्छ ।

यसअघि शनिबार इंंग्ल्यान्डविरुद्ध जित हात पारेपनि दक्षिण अफ्रिका समूह चरणबाटै बाहिरिएको छ । शनिबार भएको दोस्रो खेलमा अष्ट्रेलिया सुपर–१२ को समूह–१ मा दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा स्थान बनाएको हो ।

दक्षिण अफ्रिकाले प्रस्तुत गरेको १९० रनको लक्ष्य इंग्ल्यान्डले १५ ओभर ३ बलमा ३ विकेट गुमाउँदै १४३ रनमा समेटियो ।

दक्षिण अफ्रिकाले शीर्ष दुईमा रहेर सेमिफाइनल खेल्न इंग्ल्यान्डलाई १ सय ३१ भन्दा कम रनमा अल आउट वा रोक्नुपर्ने हुन्थ्यो । त्यसो नभएपछि अष्ट्रेलिया सेमिफाइनलमा पुग्ने निश्चित भएको हो ।

शनिबार नै भएको पहिलो खेलमा अष्ट्रेलियाले वेस्टइन्डिजलाई ८ विकेटले पराजित गरेको थियो । समूह–१ को विजेता इंग्ल्यान्ड बनि सकेको छ । अष्ट्रेलिया दोस्रो स्थानमा रह्यो ।

आजको पहिलो खेलमा अफगानिस्तान र न्यूजिल्यान्ड भिड्दै छन् भने दोस्रो खेलमा पाकिस्तान र स्कटल्यान्ड भिड्ने भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित