जुवाखालबाट पक्राउ परेका कांग्रेस जिल्ला सभापति अस्पताल भर्ना

barma lama

काठमाडौं । बिहीबार मध्यराती जुवा खालबाट पक्राउ परेका नेपाली कांग्रेस, दोलखाका सभापति बर्मा लामालाई अस्पताल भर्ना गरिएको छ । प्रहरी हिरासतमा राख्नुपर्ने लामालाई उच्च रक्तचापको समस्या देखिएपछि अस्पताल भर्ना गरिएको जनाइएको छ ।

लामालाई जोरापाटीस्थित नेपाल मेडिकल कलेजमा भर्ना गरिएको छ । स्रोतका अनुसार कांग्रेस नेताहरुको दबाब परेपछि प्रहरीले उनलाई अस्पताल लैजाने व्यवस्था मिलाएको थियो । अस्पतालमा उनलाई उच्च रक्तचापको समस्या भएको भनिएको छ ।

लामासहित पक्राउ परेको अन्य १८ जना सबैलाई प्रहरीले तिहार विदा सकिएलगत्तै जुवासम्बन्धी मुद्दा सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी गरेको छ ।

लामा पक्राउ परेको खालबाट प्रहरीले ६ लाख रुपैयाँ बरामद गरेको थियो ।

लामालाई भेट्न आइतबार पूर्वमन्त्री पार्वत गुरुङका साथै भीमेश्वर नगरपालिकाका नगरप्रमुख अस्पताल पुगेका थिए ।

प्रतिक्रिया

सम्बन्धित