एमालेले जारी गर्यो अर्को १७ बुँदे अन्तरपार्टी निर्देशिका (पूर्णपाठसहित)

emale party

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सात दिनको अन्तरालमा १०औँ महाधिवेशन केन्द्रित अर्को १७ बुँदे अन्तरपार्टी निर्देशन (अपानि–१४) जारी गरेको छ ।

यसअघि एमालेले गत कात्तिक १४ मा जारी अपानि–१३ ले केही अस्पष्टता बढाएको भन्दै अपानि–१४ मा महाधिवेशनमा भाग लिने प्रतिनिधि छनोटको प्रावधानलाई स्पष्ट पारिएको एमाले पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनका लागि यसअघि तय गरेको प्रतिनिधि छनोटको मापदण्डबारे थप स्पष्ट पार्दै अध्यक्ष केपी शर्मा ओलीले आइतबार साँझ जारी गरेको अन्तरपार्टी निर्देशन १४ मा केन्द्रीय संगठन विभागमा अभिलेखित सदस्यताका आधारमा प्रतिनिधि छनोट गर्नपर्ने उल्लेख गरिएको छ ।

महाधिवेशनको प्रतिनिधि छनोटका लागि मातहतका कमिटी र संगठनको कार्यक्षेत्रअनुसार सम्बन्धित कमिटीमै स्वच्छ, निष्पक्ष र पारदर्शीरुपमा निर्वाचन सुनिश्चित हुने गरी गर्न अपानि–१४ मार्फत निर्देशन दिइएको छ ।

पूर्णपाठः

प्रतिक्रिया

सम्बन्धित