पोखरेललाई प्रमुख अतिथि बनाउने तयसँगै देखिएको विवादपछि सिन्धुलीमा निषेधाज्ञा

ishwor

सिन्धुली । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले सिन्धुली सदरमुकाम क्षेत्रभित्र निषेधाज्ञा जारी गरेको छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव ईश्वर पोखरेल सहभागी हुने कार्यक्रममा झडप हुने स्थिति आएपछि सिन्धुली सदरमुकाममा निषेधाज्ञा जारी गरेको हो ।

जिल्ला प्रशासन कार्यालयले स्टल बजार, जुनारचोक, बसपार्क, ग्वाङ् खोला पुल, हस्पिटल रोड क्षेत्रभित्रनिषेधाज्ञा जारी गरेको हो ।

सिन्धुलीगढीस्थित खेल मैदान नजिकै बाल उद्यान पार्कको उद्घाटन तथा बिपी कोइराला र पुष्पलाल श्रेष्ठको अर्धकदको सालिक अनावरण गर्ने कार्यक्रममा कमलामाई नगरपालिकाले प्रमुख अतिथिको रुपमा पोखरेललाई बोलाएपछि झडपको स्थिति देखा परेको थियो । त्यसपछि स्थनीय प्रशासनले अहिले बिहान ११ बजेदेखि राती १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।

 

प्रतिक्रिया

सम्बन्धित