केरुङमा रोकिएन सुन तस्करी, अवैध सात किलो सुन बरामद

goldcrimeकाठमाडौं : चीनको केरुङ नाका हुँदै नेपाल भित्रिएको ७ किलो अवैध सुन वरामद भएको छ । स्याङ्जा वालिङ–९ का प्रकाश गैरेको गाडीको फिल्टरमा फल्स बटम बनाएर लुकाई ल्याएको अवस्थामा रसुवाको टिमुरेबाट बिहीबार रसुवागढी सिमानाका प्रहरीले बरामद गरेको हो । सुनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । चेकजाँचको क्रममा सिमा सुरक्षा चौकी टिमुरेले रसुवागढी नाकामा बा १७ प २५७७ नम्बरको गाडीको फिल्टरमा भेटिएको थियो । गैरे केरुङमा होटल व्यवसाय गर्दै आएको खुलेको छ । प्रशासनको आँखा छल्दै पछिल्लो समयमा केरुङ र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुन तस्करी हुँदै आएको छ । तर, कयौं पटक भने प्रहरी र सरकारी कर्मचारीकै संलग्नतामा सुन तस्करी भइरहेको पनि पुष्टि भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित