टी–२० विश्वकपः पाकिस्तानलाई पराजित गर्दै अष्ट्रेलिया फाइनलमा

paki

युएई । युएईमा जारी टी–२० विश्वकपको आगामी सोमबार हुने फाइनलमा अस्ट्रेलिया र न्यूजिल्यान्ड भिड्ने भएका छन् । बिहीबार सम्पन्न दोस्रो सेमीफाइनल खेलमा पाकिस्तानलाई पराजित गर्दै अष्ट्रेलिया टी ट्वान्टी विश्वकप क्रिकेटको फाइनलमा पुगेको हो ।

पाकिस्तानले दिएको १७७ रनको लक्ष्य अष्ट्रेलियाले ५ विकेट गुमाउँदै १९ ओभरमा भेटायो । म्याथ्यु वेडले शाहीन शाह अफ्रिदीको ओभरमा लगातार तीन छक्का प्रहार गर्दै अष्ट्रेलियालाई जित दिलाए ।

अन्तिम २ ओभरमा २२ रन आवश्यक हुँदा अष्ट्रेलियाले एकै ओभरमा २२ रन बनायो । अष्ट्रेलियाको जितमा वेडले नटआउट १७ बलमा ४१ रन बनाए भने मार्सक स्टोइनिसले ४० रन बनाए । डेबिड वार्नरले ४९ रन बनाएका थिए ।

पाकिस्तानका लागि सादब खानले ४ विकेट लिए पनि अन्य बलर सफल नहुँदा पाकिस्तान उपाधि होडबाट बाहिरियो । आईसीसीको कुनै पनि इभेन्टको नकआउटमा पाकिस्तानले हालसम्म अष्ट्रेलियालाई पराजित गर्न सकेको छैन ।

अष्ट्रेलियाले पाकिस्तानलाई पराजित गर्दै फाइनलमा न्यूजिल्याण्डसँगको भेटलाई पक्का गरेको छ । न्यूजिल्याण्डले इंग्ल्याण्डलाई पराजित गर्दै फाइनलको यात्रा गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित