कानुन व्यवसायीको धर्नाका बाबजुद प्रधानन्यायाधीश जबरा सर्वोच्च प्रवेश

cho-sup

काठमाडौं । कानुन व्यवसायीहरुको धर्नाका बाबजुद प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा सर्वोच्च अदालत पुगेका छन् ।

जबराको माग गर्दै कानुन व्यवसायीहरुले शुक्रबार विहानैदेखि सर्वोच्चको मूल गेटमा धर्ना दिएका छन् । जबरा विहान ११ बज्नै लाग्दा मूल गेटको साटो एक नम्बर गेटबाट सर्वोच्च अदालत प्रवेश गरेका छन् । सुरक्षाकर्मीहरुले उनलाई स्कर्टिङ गरेका थिए ।

अरु न्यायाधीशहरु पनि वैकल्पिक गेट प्रयोग गरेर सर्वोच्च अदालतमा पुगेका थिए ।

प्रतिक्रिया

सम्बन्धित