एमाले गण्डकीबाट छानिए महाधिवेशन प्रतिनिधि

emale party

पोखरा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को आसन्न दशौँ महाधिवेसनका लागि गण्डकी प्रदेश कमिटिबाट सर्वसम्मत रुपमा महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।

आज शनिबार प्रतिनिधि छनोटको कार्यतालिका रहे पनि गण्डकी प्रदेश कमिटीले आफ्नो भागमा पर्ने ५ जनाको नाम हिजो शुक्रबार नै टुंग्याएको हो ।

खुलाबाट शोभियत ढकाल, माधब बास्तोला, लिला राना सर्वसम्मत रुपमा चयन भएका छन् । महिला तर्फ गण्डकी प्रदेश सभा सदस्य पुष्पा केसी भण्डारी र कृष्णकुमारी श्रेष्ठलाई चयन गरिएको एमाले गण्डकीका कार्यालय सचिव गोविन्द नेपालीले जानकारी दिए ।

जिल्ला तहबाट प्रतिनिधि छनोट भने आज टुंगो लगाउँदै छन् ।

 

प्रतिक्रिया

सम्बन्धित