निर्वाचन तयारीबारे प्रधानमन्त्रीलाई जानकारी

ayodhi prasad yadhavकाठमाडौं : प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले २०७४ वैशाख ३१ गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका तयारीका सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जानकारी गराएका छन् । शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर प्रमुख निर्वाचन आयुक्त यादवले प्रधानमन्त्रीलाई पुनःसंरचित ७४४ वटा स्थानीय तहको निर्वाचनका तयारीका विषयमा जानकारी गराएका हुन् । प्रधानमन्त्री दाहालसँग भएको भेटका विषयमा प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचन आयोगको गतिविधि तथा निर्वाचनको तयारीका विषयमा जानकारी गराउनुका साथै निर्वाचनका लागि राजनीतिक वातावरण बनाउने विषयमा छलफल भएको बताए ।

प्रतिक्रिया

सम्बन्धित