रुद्रांजु प्रतिष्ठानको तेस्रो साधारण सभा सम्पन्न

No description available.

काठमाडौं । रुद्रांजु प्रतिष्ठान, ट्यांग्लाफाट, कीर्तिपुरको तेस्रो साधारण सभा सम्पन्न भएको छ । नेपाल सरकारका पूर्व मुख्य सचिव, लोक सेवा आयोगका पूर्व अध्यक्ष तीर्थमान शाक्यको प्रमुख आतिथ्यता अनि त्रिभुवन विश्व विद्यालयका पूर्व रजिस्ट्रार प्रा.डा. पार्थिवेश्वर तिमिल्सिनाको विशेष आतिथ्यमा सम्पन्न सभामा प्रतिष्ठानका अध्यक्ष श्रीकृष्ण दहालले प्रतिष्ठानका गतिविधि र आगामी योजनासहितको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

उक्त अवसरमा प्रतिष्ठानका संस्थापक एवं आजीवन संरक्षक प्रा।डा। रुद्रप्रसाद गौतमले लेख्नुभएको आफ्नो जीवनकथामा आधारित आत्मकथा “यात्रा” को लोकार्पण पनि गरिएको थियो ।

सभाले कपिलमणि ज्ञवालीको अध्यक्षतामा उपाध्यक्ष टीका खनाल, सचिव घनश्याम पोखरेल, सहसचिव लीलाधर पाण्डेय, कोषाध्यक्ष गोपाल पाण्डेय र अन्य चारजना सदस्य रहेको नौ सदस्यीय नयाँ कार्य समितिको गठन गरेको थियो ।

सो सभालाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै पुनित उद्देश्यका साथ आफ्नो सम्पूर्ण सम्पत्ति प्रतिष्ठानका नाममा अर्पण गरेर प्रा.डा. रुद्रप्रसाद गौतमले धार्मिक, सामाजिक र कल्याणकारी क्षेत्रमा जुन अनुकरणीय उदाहरण प्रस्तुत गरेका छन् । त्यसले यस क्षेत्रका जेष्ठ नागरिकहरूलाई संरक्षण र विश्राम मात्र दिएको छैन, आध्यात्मिक र सामाजिक चेतना सम्प्रेषण गर्ने कार्यमा पनि नवीन आयाम थपेको भनी आफ्नो धारणा राखेका थिए ।

No description available.

यसैगरी विशेष अतिथिको आसनबाट बोल्दै प्रा।डा। पार्थिवेश्वर तिमल्सिनाले युवावस्थादेखि नै शान्त, धीर र अध्ययनशील स्वभाव भएका रुद्रप्रसाद गौतमले प्रतिष्ठानको स्थापनामा खेलेको भूमिकाको प्रशंसा गर्दै धनसम्पत्तिका लागि आफ्नो इज्जत र सम्मान बेच्न पछि नपर्ने आजको स्वार्थी समाजमा नयाँ उदाहरण पनि प्रस्तुत गरेको विचार प्रस्तुत गरेका थिए ।

प्रतिष्ठान स्थापनाका निमित्त प्रा.डा. रुद्रप्रसाद गौतमले कीर्तिपुर ट्यांग्लाफाँटमा रहेको एक रोपनी जग्गा र सो जग्गामा बनेको तीन तले भवन प्रदान गरेका थिए । अहिले प्रतिष्ठानभित्र एउटा सुन्दर र आकर्षक “शित पांचायन मन्दिर” बनेको छ भने भव्य हलसहितको तीन तले भवन निर्माणको अन्तिम चरणमा रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित