प्रधानन्यायाधीश जबराले तोके आजका लागि २७९ मुद्दाको पेशी

Cholendra

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज (सोमबार) का लागि २७९ मुद्दाको पेसी तोकेका छन् ।

केही न्यायाधीश र कानुन व्यवसायी व्यवधानबीच सर्वोच्च अदालतको कार्यसञ्चालनलाइ सुचारू राख्नका लागि प्रधानन्यायाधीश जबराले बन्दीप्रत्यक्षीकरणसहित सबै किसिमको मुद्दाको पेशी तोक्दै आएका छन् ।

सर्वोच्च स्रोतका अनुसार जबराले मंगलबार लागि १० इजलासमा मुद्दाको पेशी तोकिएको छ । सबैभन्दा धेरैन्यायाधीशद्वय प्रकाश कुमार ढुंगाना र कुमार चुडालको इजलासमा ६२ वटामुद्दा रहेको छ ।

प्रधानन्यायाधीश जबराले मंगलबारका लागि आफ्नो भने कुनै इजलाश तोकेका छैनन् ।

जबराले धर्नाकारी न्यायाधीश र कानुन व्यवसायीलाई सम्बोधन गर्दै सोमबार छलफलमा आउनका लागि आह्वान गरेका थिए ।

प्रधानन्यायाधीशविरुद्ध लाग्दै सर्वोच्चका न्यायाधीशहरुले ३ सातादेखि इजलाश बहिस्कार गर्दै धर्नामा उद्धत भएपछि यी ५ न्यायाधीश प्रधानन्यायाधीको स्पष्टीकरणसहितको आह्वानपछि काममा फर्कन लागेको जनाइएको छ ।

आजदेखि सर्वोच्चका १९ न्यायाधीशमध्ये तेजबहादुर केसी, बमकुमार श्रेष्ठ, कुमाररेग्मी, मनोजकुमार शर्मा र कुमार चुडालले मंगलबारदेखि नियमित काममा फर्किनेनिर्णय गरेको स्रोतले बताए ।

 

प्रतिक्रिया

सम्बन्धित