ललितपुरमा मंसिर २ र ३ मा भेरोसेलको दोस्रो मात्रा लगाइँदै

vaccine

ललितपुर । ललितपुरमा मसिंर २ र ३ गते भेरोसेल खोपको दोस्रो मात्रा लगाइने भएको छ ।

ललितपुर महानगरपालिकाले मंगलबार सूचना प्रकाशन गरी यसबारे जानकारी दिएको छ ।

यसअघि विभिन्न मितिमा पहिलो मात्रा खोप लगाई दोश्रो मात्राको पर्खाइमा रहेका व्यक्तिहरुका लागि भेरोसेलको दोस्रो मात्रा लगाउन लागिएको ललितपुर महानगरले जनाएको छ ।

पहिलो मात्रा खोप लगाएको २१ दिन पुगेका व्यक्तिहरुले आ–आफ्नो वडामा सम्पर्क गरी खोप लगाउन अनुरोध गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित