उर्जा मन्त्रीको गुनासो

janardaneकाठमाडौं । उर्जा मन्त्री जनार्दन शर्माले विद्युत उपयोग गर्ने नीतिको अभाव भएको गुनासो गरेका छन् । शुक्रबार ललितपुरमा भएको एक कार्यक्रममा बोल्दै मन्त्री शर्माले भने, ‘विद्युत उपयोग गर्ने नीतिको अभाव देखियो ।’

उनले उर्जा मन्त्रालयले एकै पटक १० योजना अगाडी बढाएको जानकारी गराउँदै भने, ‘पश्चिम कर्णालीमा आम राष्ट्र सेवकको लगानी गरेर अगाडि बढाउदैछौँ । उर्जा सचिवलाई जिम्मा दिइएको छ । ’उनले लोडसेडिङको अन्त्यले मुलुकमा ठूलो आशा पलाएको उल्लेख गरे । उनले लोडसेडिङमुक्त अभियानलाई निरन्तरता दिने योजना बनाएको टिप्पणी गरे ।

प्रतिक्रिया

सम्बन्धित