प्रहरीका तीन डिआईजीको सरुवा, सचिवालयका लामा गए प्रबन्ध शाखा

DIGP

काठमाडौं । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका तीन जना प्रहरी नायब महानिरीक्षक (डिआईजी) हरुको सरुवा गरेको छ।

डिआईजीत्रय मुकुन्द आचार्य, प्रकाश अधिकारी र वसन्त लामाको सरुवा गरेको हो।

लुम्बिनी प्रदेशमा रहेका आचार्यलाई हटाएर अधिकारीलाई पठाइएको छ भने लामालाई अधिकारीको ठाउँमा ल्याइएको छ ।

लुम्बिनी प्रदेशका डिआईजी आचार्यको लागूऔषध नियन्त्रण ब्यूरोमा सरुवा भएको छ।

यसअघि अधिकारी प्रहरी प्रधान कार्यालय मातहत प्रबन्ध शाखामा थिए। लामा यसअघि प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत थिए।

प्रतिक्रिया

सम्बन्धित