पहाडी भेगमा आंशिक बदली हुने, हिमाली भेगमा हिमपातको सम्भावना

himpat

काठमाडौं । नेपालमा पछिल्ला दिनमा चिसो बढ्ने क्रम जारी रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सोमबार बिहान पहाडी भूभागमा आंशिक बदली भइरहेको छ भने दिउँसो प्रदेश १ लगायत अन्य पहाडी भूभागमा आंशिक बदली रहनेछ ।

प्रदेश १ को पहाडी भूभागको एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका एकरदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राति प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका एकरदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

मंगलबार प्रदेश १ , बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका एकरदुई स्थानमा हल्का हिमपातको को सम्भावना छ।

प्रतिक्रिया

सम्बन्धित