जन्ती बोकेको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुग्यो

Accident

धनगढी । बैतडीमा भएको जीप दुर्घटना मृत्यु हुनेको संख्या ६ पुगेको छ । दुर्घटनामा गम्भीर घाइते भएका जिप चालक डडेल्धुराका ३८ वर्षीय दीपक मालीको मृत्यु भएसँगै मृतकको संख्या ६ पुगेको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार मालीको उपचारका लागि धनगढी ल्याउने क्रममा कैलालीको सहजपुरमा मृत्यु भएको हो ।

आइतबार बैतडीको दशरथचन्द नगरपालिका–२ थलालगाउँबाट जन्ती बोकेको म१ज ३१० नम्बरको जिप दुर्घटनामा परेको थियो । जिपमा ७ जना सवार थिए । पाँच जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित