कांग्रेस नेता भण्डारीसहित सय बढी एमाले प्रवेश

oli-balkot

काठमाडौँ । नेकपा (एमाले) को १० औं महाधिवेशनको पूर्वसन्ध्यामा नेपाली कांग्रेसका नेता तथा व्यवसायी नारायण भण्डारीलगायत एक सय जना एमाले प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली र उपमहासचिव विष्णु पौडेलले भण्डारीलाई पार्टी प्रवेश गराउँदै एमालेमा स्वागत गरेका हुन् ।

चापाकोट बारिकुना (१० हाल तिनपा) ९ निवासी काग्रेस नेता तथा उद्योगपति भण्डारीलगायतका नेता तथा कार्यकर्तालाई खादा र अविर लगाएर पार्टी प्रवेश गराइएको थियो । कांग्रेस परित्याग गरि एमाले प्रवेश गरेका भण्डारीसहितका व्यबसायी तथा नेताहरु ओली निवास बालकोट पुगेका थिए ।

अध्यक्ष ओलीले भिन्न विचार र पृष्ठभुमिबाट पार्टीमा प्रवेश गरेका सबैलाई समेटेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका थिए । अध्यक्ष ओलीले उद्योगपति भण्डारीलगायतको पार्टी प्रवेशले एमालेलाई थप उचाइमा लैजाने अपेक्षा गरेका थिए ।

उक्त अवसरमा भण्डारीले एमाले अध्यक्ष केपी ओलीको राष्ट्रवादी अडानबाट प्रभावित बनेर आँफु एमालेमा प्रवेश गरेको बताए । उद्योगपति भण्डारी सामाजिक संस्थाहरुमा समेत संलग्न छन ।

प्रतिक्रिया

सम्बन्धित