किन रुष्ट बने सञ्जुसँग एक्जिएटा र शतिशलाल ?

satisकाठमाडौं । लामो समयदेखि मोवाइल सेवा प्रदायक कम्पनी एनसेलमा कर्पोरेट कम्युनिकेशन डाइरेक्टरको रुपमा कार्यरत सञ्जु कोइराला र उनका सहयोगी मिलनमणी शर्मासँग एक्जिएटाको व्यवस्थापन रुष्ट बनेको छ । पछिल्लो समयमा एनसेल विरोधी समाचारहरुको बाढी आउन थालेपछि २० प्रतिशत सेयरका लगानीकर्ता शतिशलाल आचार्य र एक्जिएटाका सिइओ सिमोन पार्किन्सन कोइराला र शर्मालाई हटाउने निचोडमा पुगेको एनसेल स्रोतले बतायो ।

 ‘संस्था विराधी समाचार त आए–आए तर, व्यक्तिगत रुपमा मेरै समाचार पनि कन्ट्रोल गर्न सकेनन्’ केही दिन अघि कर्मचारीहरुको बैठकमा आचार्यले कोइरालाप्रति लक्षित गर्दै भनेको कुरा हो यो । त्यसो त एनसेलबाट हुने अरबौंको विज्ञापनमा एजेन्सीहरुसँग मिलेर कमिसन खाने गरको आरोप पनि कोइरालाको समूहमाथि लाग्ने गरेको छ । आचार्यले मिडिया हेर्नका लागि उपयुक्त व्यक्ति खोजिरहे पनि कोइरालाले भने एनसेलमा आफ्नो विकल्प नरहेको धाक दिने गरेकी छन् ।

 एनसेलमा भर्खरैमात्र चुनिएको आधिकारिक कर्मचारी युनियनलाई समेत अधिकांश कर्मचारीहरुले कर विवाद नटुंगिए समाजमा मुखै देखाउन लाज हुन थाल्यो भनेर दबाब दिएपछि युनियन पनि कर छलिको विपक्षमा उभिएको छ । एनसेलले लाभकरबापत नेपाल सरकारलाई ३५ अर्व रकम बुझाउनु पर्ने निष्कर्ष महालेखा परिक्षकको कार्यालयले समेत निकालेको छ । तर, कोइरालको समूहले नेपाल छाडिसकेको विक्रेता कम्पनी टेलीयासोनेराले कर बुझाउनु पर्ने भन्दै मिडियामा विज्ञापन मार्फत झुटो समाचार प्रवाह गर्दै आएको छ । नेपालमै बसेर विदेशी कम्पनीको कर छलीलाई सहयोग पु-याउँदै आएको कोइरालाको समूहलाई एनसेलमा बहिस्कृत गर्नुपर्ने समेत आवाज उठेको छ ।

 केही दिन अघि नयाँ शक्तिका अध्यक्ष बाबुराम भट्टराईले एनसेलको घोटला इतिहासकै ठूलो भ्रष्टाचार काण्ड भनेर विज्ञप्ति जारी गर्दै सार्वजनिक गरेपछि कोइरालाको समूह भट्टराई र महालेखा परिक्षक विरुद्ध समाचार छपाउने अभियानमा लागिसकेको छ । त्यसो त एनसेलबाट विदा भएपनि रहस्यमय ढंगले पुनः प्रवेश गरेकी कोइरालाले एक्जिएटासामु विलौना गरेपछि काममा फर्किएकी हुन् ।

 कोइरालाको राजिनामा जुन १ मा नै स्वीकृत भएको  थियो । एनसेलका एक कर्मचारीका अनुसार विगत देखि नै आफूले एनसेलको नेपाली मिडियामा राम्रो सम्बन्ध बनाएको र एक्जिएटाले पनि मौका दिएको खण्डमा त्यस्तै सम्बन्ध विस्तार गरिदिने विलौना गरेपछि कोइरालालाई एक्जिएटाले स्वीकार गरेको हो ।

  एनसेलले नेपाल सरकारलाई लाभकर तिर्न नपर्ने भन्दै कोइराला र शर्माले नेपाली सञ्चारमाध्यमहरुलाई दूरुपयोग गरेर ‘कर विरोधी’ समाचार प्रवाह गरेपनि संसदको सार्वजनिक लेखा समिति र अर्थ समितिले भने लाभकर तिराउनु पर्ने निर्णय गरिसकेको छ । एनसेलले लाभकर तिर्नु पर्ने विषयमा कुनै राजनीतिज्ञ वा प्रशासकले मिडियामा बोलेको खण्डमा कोइराला र शर्माले उनीहरुको चरित्र हत्या गर्ने खालका समाचार पत्र पत्रिकामा प्रकाशित गर्न लगाउँछन् ।

  कान्तिपुर मिडिया समूह हुँदै एनसेलमा प्रवेस गरेकी कोइरालालाई कुनै समय अजयराज सुमार्गीको हेल्लो मोबाइल नामक कम्पनीले सञ्चार प्रबक्तामा पनि नियुक्त गरेको थियो ।

  तर, पछि एउटै व्यक्ति दुईवटा कम्पनीमा कार्यरत हुँदा कम्पनीलाई असर पर्ने भन्दै टेलियासोनेराले निर्णय फिर्ता लिएको थियो । कोइरालाले टेलिया कम्पनी मातहत अरु देशमा सञ्चालित मोबाइल कम्पनीमा पनि काम गरेकी थिइन । विदेशमा बस्दा खासै उपलब्धि नभएपछि उनी पुनः नेपाल फर्केर एनसेलमा आबद्ध भएकी थिइन् । यूनाइटेड पोस्ट साप्ताहिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित